Below Menu
Below Menu

एनएमबि बैंकको नयाँ अटो लोन योजनाः अब ७.१३ प्रतिशत ब्याजदरमा गाडी किन्न पाइने 

एनएमबि बैंकको नयाँ अटो लोन योजनाः अब ७.१३ प्रतिशत ब्याजदरमा गाडी किन्न पाइने 

काठमाडौं : एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् ।

बैंकले यो योजना सीमित अवधिका लागि मात्र ल्याएको छ र आवेदन प्रक्रिया सहज र लचिलो बनाईएको छ । इलेक्ट्रिक सवारी साधन किन्न चाहने ग्राहकहरुका लागि, एनएमबि बैंकको यो अफर एक राम्रो अवसर हुनेछ ।

एनएमबि बैंकले यस अफर मार्फत वातावरण मैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ । बैंकको यो प्रयास दिगो विकासमा टेवा पुऱ्याउने र ग्राहकलाई केन्द्रमा राखे सेवाहरू उपलब्ध गराउने प्रतिबद्धताको एउटा उदाहरण हो ।

यस अफरबारे थप जानकारी एनएमबी बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको एनएमबी बैंकको स्टल नं इ–२४ मा बैंकको तर्फवाट उपस्थित हुने प्रतिनिधि मार्फत लिन सकिनेछ ।

बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Advertisment

थप समाचार