काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको साढे दुई अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको दुई अर्ब ७७ करोड ६७ लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।
कोषको उक्त रकम सेप्टेम्बर ११, २०२५ देखि सेप्टेम्बर ११, २०२६ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ ।
बैंकले कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा दुई अर्ब २२ करोड १४ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा ४१ करोड ६५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १८ करोड ८८ लाख रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो ।
बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ ।
त्यस्तै, निष्क्रिय कर्जा कमसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी भदौं ८ गते राती १२ बजेसम्म आवेदन दिन आग्रह गरेको छ ।
Advertisment