Below Menu
Below Menu

रमाइलो, अन्तरक्रियात्मक र शैक्षिक खेलको उत्कृष्ट गन्तव्य ‘विकू डिजिटल पार्क’

रमाइलो, अन्तरक्रियात्मक र शैक्षिक खेलको उत्कृष्ट गन्तव्य ‘विकू डिजिटल पार्क’

काठमाडौं : नवलपारासीको गैंडाकोट स्थित विकू बचत तथा ऋण सहकारी संस्थाले ‘विकू डिजिटल पार्क’ एप सार्वजनिक गरेको छ । संस्थाले विद्यार्थीहरुलाई लक्षित गरी रमाइलो, अन्तरक्रियात्मक र शैक्षिक खेलहरू समावेश गरी एप निर्माण गरेको हो । 

उक्त एपलाई संस्थाको ३५औं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित समारोहमा एसियाली ऋण महासंघकी प्रमुख. कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्के (लेनी)ले सार्वजनिक गरेकी हुन् ।

‘विकू डिजिटल पार्क’ रमाइलो, अन्तरक्रियात्मक र शैक्षिक खेलहरूको एउटा उत्कृष्ट गन्तव्य रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए ।

‘विशेष गरी यो शैक्षिक गेम हो । एपमा क्विज, आवज चिन्ने, तस्बिर चिन्ने, पज्जल गेमहरु समावेश छन् । एपले बालबालिकाहरुलाई अभिभावगसँग समेत साक्षत्कार गराउँदछ’, पौडेलले भने, ‘अहिले एनड्रोइडमा मात्र उपलब्ध छ । केही समयपछि आईओएसमा समेत उपलब्ध हुन्छ ।’

विकूले एपलाई बिटम्याप आई.टी. सोलुसन प्रा.लि.सँग सहकार्य गरी निमार्ण गरेको हो ।

Advertisment