काठमाडौं : भीमेश्वर न.पा.-६, चरिकोट, दोलखा स्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ३३औं वर्षमा प्रवेश गरेको छ ।
स्थापना २०५० साल भदौ ७ गते भएपनि २०५० साल मंसिर २ गते मात्रै तत्कालित जिल्ला सहकारी कार्यालय धुलिखेलमा संस्था दर्ता भएको थियो । संस्था स्थापना भएको दिन (भदौ ७ गते) लाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।
मिलिजुली कालिञ्चोक साकोस ११ वटा सहकारीको एकीकृत रुप हो । संस्था स्थापना गर्दा मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड थियो । संस्थाको २६ औं बार्षिक साधारणसभाले संस्थाको नाम मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. कायम गरेको थियो ।
गौरवपूर्ण यात्राको स्मरण गर्दै संस्थाले सम्पूर्ण शेयर सदस्य, बाल बचतकर्ता, नियामक निकाय, सरोकारवाला तथा शुभेच्छुक सबैप्रति हार्दिक आभार प्रकट गरेको छ । संस्थाले ३३औं स्थापना दिवसको अवसरमा प्रतिवद्धता एवं शुभकामना जारी गर्दै सहकारी क्षेत्रमा भएका नियामकीय परिवर्तन, भूकम्पको असर, कोभिड-१९ पछिको राष्ट्रिय स्तरका वित्तीय चुनौतिहरूका बीच पनि संस्थाले सदस्य केन्द्रित सेवा, विवेकपूर्ण निर्णय र असल अभ्यासका माध्यमबाट संस्थागत सुदृढीकरणमा उल्लेखनीय प्रगति हासिल गरेको संस्थाले दाबी गरेको छ ।
वित्तीय वातावरणको कारण संस्था सञ्चालनमा केही चुनौतीहरू रहेपनि पछिल्लो समयमा राज्यबाट सहकारी व्यवस्थापनमा थप चासो दिई आवश्यक निकायहरू गठन गर्दै जानुले संस्था अब थप दिगो, सक्षम र स्थायित्वतर्फ रूपान्तरण भइरहेकोले संस्थाको साथै सहकारी अभियानको भविष्य अब सकारात्मक रहेको बताएको छ ।
समुदायमा उत्कृष्ट संस्थाको रूपमा स्थापित गर्ने उद्देश्यका साथ ऐन, नियम, निर्देशन, मापदण्ड, अन्तर्राष्ट्रिय असल अभ्यासको पूर्ण अनुशरण गर्दै सुशासनयुक्त कार्यशैली, व्यवहार, आचरणको अवलम्बन गरी सदस्य केन्द्रीयता सूचकाङ्कहरूलाई पूर्ण ध्यान दिई सुरक्षित र दिगो वित्तीय तथा गैह्रवित्तीय सेवाहरू प्रदान गर्न संस्था केन्द्रित रहेको संस्थाका अध्यक्ष कृष्णबहादुर गौतमले जानकारी दिए ।
परिणाम स्वरूप नेफ्स्कूनबाट उत्कृष्ट सहकारी सम्मान, संस्थापक अध्यक्ष सम्मान, उत्कृष्ठ व्यवस्थापक सम्मान, एकीकरणमा उत्कृष्ट यसैगरी राष्ट्रिय सहकारी बैंक लि. बाट मध्यमाञ्चल उत्कृष्ट, जिल्ला संघहरूबाट उत्कृष्ट सहकारी संस्थाको साथै उत्कृष्ट व्यवस्थापक सम्मान पाएको अध्यक्ष गौतमले बताए ।
सदस्यहरूको संस्थामा भएको लगानीप्रति उच्च सम्मान प्रकट गर्दै संस्थालाई पूर्ण सुशासनमा सञ्चालन गरी राज्यको नियामकीय निकायहरूको निर्देशनलाई अक्षरशः पालना गर्ने मार्गमा रहेको र पूर्णता दिन लागिरहेको संस्थाले जनाएको छ ।
सहकारीका सिद्धान्तहरू, बचत तथा ऋण सहकारी सञ्चालनका सिद्धान्तहरू, मूल्य र मान्यताहरूलाई अक्षरशः कार्यान्वयन तथा संयुक्त राष्ट्र संघबाट घोषित दिगो विकास लक्ष्यलाई अङ्गिकार गर्दै सदस्य केन्द्रित सेवा प्रणालीलाई संस्थागत गर्ने दिशामा अग्रसर भएको छ र यो कार्य आगामी दिनहरूमा अझ द्रुत गतिमा बढाउने प्रतिवद्धता संस्थाले जनाएको छ । अभियानका अनुभवहरूलाई आधार बनाई सहकारीका मूल्य, मान्यता, सिद्धान्त र नैतिकताको पालना गर्दै दिगो सहकारी संस्था निर्माणमा निरन्तर प्रतिबद्ध रहेने अठोट संस्थाले गरेको छ ।
संस्था एशियाली ऋण महासंघ (अकु) द्वारा प्रवर्तित र नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित एक्सेस ब्राण्डिङ र सियुलेग कार्यक्रममा सहभागि छ । संस्थाले विगत केही वर्ष एक्सेस कार्यक्रममा ब्रोन्ज तथा सिल्भर ब्राण्ड समेत प्राप्त गर्न सफल भएको थियो । महाभूकम्प र कोभिड १९ को असरका कारण सबै ऋणी शेयर सदस्यहरूले बोलकबोल बमोजिम ऋण तिर्न बाँकी रहँदा परिक्षण गराउन नसकेको अवगत गराउँदै ऋणको किस्ता र ब्याज तिर्न बाँकी भएका ऋणी शेयर सदस्यहरूलाई संस्थामा सम्पर्क गरी ऋणलाई अपडेट गरी पुनः परीक्षण गर्नसक्ने बनाउनको लागि संस्थाले अपिल समेत गरेको छ ।
शेयर सदस्यहरूको उद्यमशीलता विकासमा प्राथमिकता, प्रविधियुक्त सेवा, वातावरणीय उत्तरदायित्व र शेयर सदस्यको जीवनस्तर सृदृढीकरणमा निरन्तर क्रियाशील रहँदै पारदर्शी र व्यावसायिक सेवा प्रवाहमार्फत् संस्थाको भूमिका अझ बढी प्रभावकारी बनाउने संस्थाको दृढ संकल्प रहेको प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले बताए ।
संस्थाले मोबाइल बैंकिङ, क्यू. आर. कोड र ए. टी. एम. जस्ता आधुनिक प्रविधिको सुविधा सदस्यहरूलाई प्रदान गर्दै आएको छ । संस्थाले सामाजिक तथा साँस्कृतिक विकासका लागि सहकारी शिक्षा, वित्तीय साक्षरताका साथै नेतृत्व विकास कार्यक्रम, शिक्षा, स्वास्थ्य सम्बन्धी जागरण कार्यका साथै सभ्य समाज निर्माणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको सीईओ न्यौपानेले बताए ।
संस्थामा २२ हजार ९ सय २४ जना सेयर सदस्य छन् । २०८२ साउन मसान्तसम्म आईपुग्दा संस्थाको कुल सम्पत्ति १ अर्ब ४० करोड ६७ लाख रुपैयाँ पुगेको छ । ६ करोड ७७ लाख सेयर पुँजी रहेको संस्थाको जगेडा कोषमा ९ करोड १० लाख रुपैयाँ रहेको छ । संस्थाले १ अर्ब १२ करोड बचत संकलन गरेको छ भने ९७ करोड ४९ लाख रुपैयाँ सदस्यहरुलाई लगानी गरेको छ ।

Advertisment