Below Menu
Below Menu

राष्ट्रिय वाणिज्य बैंकको कर्जामा चाडपर्व लक्षित अफर सार्वजनिक

राष्ट्रिय वाणिज्य बैंकको कर्जामा चाडपर्व लक्षित अफर सार्वजनिक

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ ।

बैंकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा घर कर्जा २० वर्ष अवधिका लागि ६ दशमलव ३० प्रतिशतमा ५ करोडसम्म प्रदान गर्न सकिने उल्लेख छ ।

यसैगरी विद्युतिय सवारी साधान खरिद गर्न चाहने ग्राहकहरुका लागि ७ वर्ष अवधिको ६ दशमलव १० प्रतिशत व्याजदरमा १ करोडसम्मको कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । बैंकले इन्धन प्रयोग हुने सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि ६ दशमलव ८० प्रतिशत व्याजदरमा ७ वर्षसम्मका लागि १ करोडसम्म कर्जा प्रवाह गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

चाडपर्वको समयमा सवारी साधन तथा घर खरिद गर्नेहरुको संख्या अधिक रहने भएका कारण सेवाग्राहीहरुलाई सहज होस् भन्ने उद्देश्यका साथ चाडपर्व विशेष कर्जा अफर ल्याएको सूचना अधिकारी रेग्मीले बताए।

Advertisment

थप समाचार