Below Menu
Below Menu

मन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन

मन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष बद्री पाण्डेले हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर परिसरको अवलोकन गरेका छन्।

मन्त्री पाण्डेले पशुपतिनाथ पुगेर दर्शनार्थीहरूसँग संवाद गर्दै त्यहाँको व्यवस्था र अवस्थाबारे चासो देखाएन। उनले दर्शनका लागि भक्तजनलाई सहज वातावरण मिलाउन कोषले गरेको प्रयासप्रति सन्तोष व्यक्त गरे। साथै, दर्शन गर्न आउने जो कोहीलाई पनि छिटोछरितो तथा व्यवस्थित रूपमा दर्शन गर्न पाउने वातावरण कायम गर्न कोषका कर्मचारीलाई आवश्यक निर्देशन दिए।

पशुपति मन्दिरमा पुगेका भक्तजनहरूको सहज पूजाअर्चना सुनिश्चित गर्न विशेष ध्यान दिएका मन्त्री पाण्डेले शान्ति–सुरक्षाको पक्षमा खटिएका सुरक्षाकर्मीहरूसँग समेत प्रत्यक्ष जानकारी लिएका थिए।

यस वर्ष विगतका तुलनामा बढी सहज र व्यवस्थित वातावरणमा पूजा–दर्शन गर्न पाएको अनुभव सुनाउँदै दर्शनार्थीहरूले कोष, सुरक्षाकर्मी तथा व्यवस्थापकिय निकायको कार्यको प्रशंसा गरेका छन्।

Advertisment

थप समाचार