Below Menu
Below Menu

झिनो अंकले बढ्यो शेयर बजार, सवा चार अर्बमा खुम्चियो कारोबार

झिनो अंकले बढ्यो शेयर बजार, सवा चार अर्बमा खुम्चियो कारोबार

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४. ८३ अंकले बढेर २७६६.०९ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २१.३० अंकले बढेर २७६१.२६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १०१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। 

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा चार अर्ब १८ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा पाँच अर्ब ७५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा विकास हाइड्रोपावर कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । आज कुमारी सबल योजनाको शेयरमूल्य ३.६ प्रतिशतले घटेको छ । 

 

 

 

 

Advertisment

थप समाचार