Below Menu
Below Menu

भोटेकोशी १ जलविद्युत आयोजनाको सुरुङ ब्रेक थ्रु, आगामी चैतदेखि उत्पादन थालिने

भोटेकोशी १ जलविद्युत आयोजनाको सुरुङ ब्रेक थ्रु, आगामी चैतदेखि उत्पादन थालिने

काठमाडौं : भोटेकोसी–१ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रु भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको मुख्य सुरुङ सोमबार छिचोलिएको हो। 

करिब १० अर्ब रुपैयाँ लगानीम निर्माण भइरहेका आयोजनाको टनेलको लम्बाई २ हजार ६३८ दशमलव ५३ मिटर रहेको छ।

जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठ र भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले संयुक्त रूपमा स्विच अन गरी आयोजनाको सुरुङको ब्रेक थ्रु गरेका थिए ।

आयोजनाको प्रवर्द्धक इलेक्ट्रो पावर कम्पनी लिमिटेड रहेको छ भने डिजाइनर हाइड्रो टनेलिङ एण्ड रिसर्च प्रालि रहेको छ। त्यस्तै कन्ट्राक्टरमा भुगोल इन्फ्रास्ट्रक्चर कम्पनी प्रालि रहेको छ। 

भुगोल इन्फ्रास्ट्रक्चर कम्पनीका अध्यक्ष भिमसेन भण्डारीका अनुसार आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ भने आगामी चैतसम्ममा बत्ति बाल्ने लक्ष्य रहेको छ। 

यसका साथै उनले पहिला ४० मेगावाट क्षमतामा निर्माण गर्न लागिएको आयोजनाको डिजाइन परिवर्तन गरी ४ मेगावाट थप भएपछि ४४ मेगावाट जडित क्षमतामा आयोजना निर्माण हुन लागेको बताए। 

आयोजना प्रवर्द्धक इलेक्ट्रो पावर कम्पनीले २०८० साल साउनबाट आयोजना निर्माण सुरु गरेको थियो ।

Advertisment

थप समाचार