काठमाडौं : माण्डु हाइड्रोपावर कम्पनीको विद्युत उत्पादन सुचारु भएको छ । २०८१ असोज ११ गतेदेखि परेको अविरल वर्षाको कारण बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले बागमती साना जलविधुत आयोजना (२२ मेवा) को क्षति भएर आयोजनाको प्लान अवरुद्ध भई आयोजनाको विधुत उत्पादन उत्पादन अवरुद्ध भएको थियो ।
हाल आयोजनाको पूनः निर्माण सकार्य सम्पन्न गरी कम्पनीको २ (दुई) वटा युनिट मध्ये मिति २०८२ श्रावण १९ मा १ (एउटा) युनिट र अर्को युनिटबाट २०८२ भाद्र १२ विधुत उत्पादन सुचारु भई आयोजना पूर्ण रुपमा नेपाल विधुत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनमा जडान भएको कम्पनीले जनाएको छ ।
Advertisment