Below Menu
Below Menu

बजारमा साढे सात खर्ब क्यास सर्कुलेशन, सरकारी ढुकुटीमा छ खर्ब ५६ अर्ब नगद मौज्दात ! 

बजारमा साढे सात खर्ब क्यास सर्कुलेशन, सरकारी ढुकुटीमा छ खर्ब ५६ अर्ब नगद मौज्दात ! 

काठमाडौं : चालु आर्थिक वर्षको साउन महिनामा बजारमा साढे सात खर्ब रुपैयाँ नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्ममा बजारमा सात खर्ब ४४ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ नगद प्रवाह भएको छ ।

उक्त रकम गत असारको तुलनामा ९०.०६ प्रतिशत अर्थात छ खर्ब ७५ अर्ब ६२ करोड ४१ करोड  लाख रुपैयाँले कम हो । गत वर्ष असारसम्ममा  यस्तो नगद प्रवाह सात खर्ब ५० अर्ब ११ करोड २४ लाख रुपैयाँ नगद प्रवाह भएको थियो ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा सरकारी खाताको नगद मौज्दात ६ खर्ब ५६ अर्ब १५ करोड रुपैयाँ रहेको छ । असारमा सरकारी खातामा ६ खर्ब ५४ अर्ब ५ करोड रुपैयाँ मौज्दात रहेको थियो । यो रकम सरकारले खर्च गरेर बाँकी रहेको रकम हो ।

यस अवधिमा सरकारी ढुकुटीमा करिब दुई खर्ब रुपैयाँ निक्षेप रहेको जनाएको छ । यस अवधिमा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा एक खर्ब ९२ अर्ब २२ करोड ७७ लाख रुपैयाँ निक्षेप रहेको बैंकले राष्ट्र बैंकले जनाएको हो । 

गत असारसम्म यस्तो निक्षेप जम्मा ७० अर्ब ८३ करोड ७० लाख रुपैयाँ मात्र रहेको थियो । उक्त यस अवधिमा आइपुग्दा एक खर्ब २१ अर्ब ३९ करोड ६ लाख रुपैयाँले बढेको छ ।

यस अवधिमा सरकारको सरप्लस मौज्दात शुन्य रहेको छ । साउन मसान्तसम्म राष्ट्र बैंकको रिजर्भमा सात खर्ब ५२ अर्ब ४९ करोड ९२ लाख रुपैयाँ रहेको छ । गत असारसम्म रिजर्भमा सात खर्ब ८ अर्ब एक करोड ३८  लाख रुपैयाँ थियो । आईएमएफसँग सम्बन्धित दायित्व ४१ अर्ब ८४ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

हालसम्म राष्ट्र बैंकको दायित्व २७ खर्ब ६३ अर्ब ७१ करोड ८२ लाख रुपैयाँ रहेको छ । असारसम्ममा यस्तो दायित्व २६ खर्ब ५९ अर्ब १३ करोड २३ लाखरुपैयाँ रहेको थियो ।
 

Advertisment