Below Menu
Below Menu

जीवन बीमा कम्पनीको व्यापार साढे १९ अर्बमाथि, पाँच कम्पनी अर्ब क्लबमा ! 

जीवन बीमा कम्पनीको व्यापार साढे १९ अर्बमाथि, पाँच कम्पनी अर्ब क्लबमा ! 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको साउनमा कम्पनीहरुले साढे १९ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार साउन मसान्तसम्म कम्पनीहरुले १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले दुई लाख ८४ हजार १७६ बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका हुन् ।

उक्त रकम गत आवको सोही अवधिको तुलनामा ६.०१ प्रतिशत अर्थात एक अर्ब ११ करोड ५४ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले तीन लाख २२ हजार ७८६ बीमालेख बिक्री गरी १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए ।

अर्ब क्लबमा पाँच कम्पनी 

साउन मसान्तसम्म आइपुग्दा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ७५ हजार ९५३ बीमालेख बिक्री गरी छ अर्ब १९ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । 

प्राधिकरणका अनुसार यस अवधिमा नेशनल लाइफले २७ हजार ३७१ बीमालेख जारी गरी २ अर्ब ४१ करोड ४५ लाख ३६ हजार रुपैयाँको व्यापार गरेको छ भने सूर्यज्योति लाइफले एक अर्ब २४ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ । 

त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले चार हजार ११२ बीमालेख जारी गरी दुई अर्ब तीन करोड ९९ लाख ४८ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ भने हिमालयन लाइफले दुई अर्ब दुई करोड ८१ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ । 

अन्य कम्पनीको व्यापार 

प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीले ८२५ बीमालेख जारी गरी ४३ करोड ३९ लाख १६ हजार रुपैयाँ बराबरको व्यापार गर्दा मेट लाइफले ५३ करोड ९९ लाख ९२ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

त्यस्तै एशियन लाइफले ९४ करोड ८६ लाख १२ हजार रुपैयाँ बराबरको व्यवसाय गर्दा आईएमई लाइफले ६७ करोड पाँच लाख रुपैयाँ र सन नेपाल लाइफले ३६ करोड ५२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

साउन मसान्तसम्म आइपुग्दा रिलायबल नेपाल लाइफले ५८ करोड १७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै यस अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले ८५ करोड ६४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

त्यस्तै सानिमा रिलायन्स लाइफले ७१ करोड ९५ लाख र प्रभु महालक्ष्मी लाइफले ६१ करोड ६८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

लघुबीमाको व्यापार साढे सात करोड 

प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । साउन मसान्तसम्म कम्पनीहरुले दुई लाख ९५ हजार ७०८ बीमालेख जारी गरी सात करोड ७३ लाख १५ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

यस अवधिमा गार्डियन माइक्रो लाइफले तीन करोड २६ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले एक करोड ७८ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले दुई करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

प्राधिकरणका अनुसार यस अवधिम वैदेशिक रोजगार म्यादी जीवन बीमा पलुमार्फत २८ करोड ९०७ लाख पाँच हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको छ । 
 

Advertisment

थप समाचार