Below Menu
Below Menu

पर्यटन व्यवसायीलाई अर्थमन्त्रीले भने : ‘ट्याक्स छुटले राज्य चल्दैन, व्यवसाय प्रवर्द्धनको योजना ल्याउनुहोस्’

पर्यटन व्यवसायीलाई अर्थमन्त्रीले भने : ‘ट्याक्स छुटले राज्य चल्दैन, व्यवसाय प्रवर्द्धनको योजना ल्याउनुहोस्’

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४७ औं वार्षिक साधारणसभामा बोल्दै उनले अहिलेको संसदीय अंक गणित भित्र वर्तमान सरकारभन्दा बलियो र स्थिर सरकार अर्को हुनै नसक्ने दाबी गरे । 

मन्त्री पौडेलले इतिहास, योगदान र भविष्य भएको ठूला दुई दल मिलेर वर्तमान सरकार बनेको हुनाले उक्त सहकार्य ०८४ को निर्वाचन सम्म नै जाने पनि बताए । 

उनले भने, ‘अहिलेको सरकार जुन छ । अहिलेको संसदीय अंक गणित भित्र यो भन्दा बलियो र स्थिर सरकार अर्को कुनै हुनै सक्दैन । हामीले यसबीचमा राजनीतिक स्थिरताको सुनिश्चीत गरेको छौं । अब सरकार कहिले फेरिन्छ भन्ने आशंका र दुबिधाबाट निस्केका छौं । इतिहास, योगदान र भविष्य भएको ठूला दुई दल मिलेर बनेको यो सहकार्य ०८४ को निर्वाचनसम्म नै जान्छ ।’

त्यस्तै, उनले सरकारले पर्यटन प्रवद्र्धनको क्षेत्रमा नीति, कार्यक्रम र बजेटको माध्यमबाट महत्वपूर्ण कार्यक्रमको घोषणा गरेको बताउँदै त्यस तर्फ नै सरकारको ध्यान गएको बताए । पर्यटन प्रवद्र्धनको लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै मन्त्री पौडेलले सरकारले चाल्नुपर्ने हरेक कदमहरु चाल्ने प्रतिबद्धता जनाए । 

‘अहिले को सरकारले पर्यटन प्रवद्र्धनको क्षेत्रमा नीति कार्यक्रम र बजेटको माध्यमबाट महत्वपूर्ण कार्यक्रमको घोषणा गरेको छ, त्यस तर्फ नै सरकारको ध्यान छ । पर्यटन प्रवद्र्धनको लागि सरकारले कुनै कसर बाँकी राख्दैन । पर्यटन प्रवद्र्धनको लागि सरकारले चाल्नुपर्ने हरेक कदमहरु चाल्ने छ । गर्नुपर्ने के छ सबै गर्छ ।’

पर्यटन क्षेत्रमा ट्याक्स छुटको कुरा धेरै उठ्ने गरेको बताउँदै उनले ट्याक्स छुट गरेर राज्य कसरी चलाउ हुन्छ ? भन्दै प्रश्न गरे । ट्याक्स छुट भन्दा पनि व्यवसाय प्रवद्र्धनको लागि प्रस्ताव लिएर आउन सुझाव दिँदै उनले प्रस्ताव सम्बोधन गर्न सरकार आतुर रहेको धारणा राखे । 

उनले भने, ‘ट्याक्सको कुरामा जताततै छुट गर्दै जाने हो भने राज्य चलाउ हुन सक्दैन । साधारण खर्चसम्म धान्न सकिँदैन । विकासको लागि राजस्व परको कुरा हो । साधारण खर्चको लागि पनि धौ–धौ पर्ने खर्चमा हामी छौं भने ट्याक्स छुट गरेर राज्य चलाउने कसरी ? त्यसैले ट्याक्स छुट भन्दा पनि व्यवसाय प्रवद्र्धनको लागि तपाईहरुको प्रस्ताव के हुन्छ ? सरकारले के गर्न सक्छ प्रस्ताव लिएर आउँनुहोस् । सम्बोधन गर्न सरकार आतुर छ ।’ 
 

Advertisment

थप समाचार