काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३१.१७ अंकले घटेर २७४९.८३ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ३८.१० अंकले घटेर २७८१.०० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २१ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा छ अर्ब छ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा आठ अर्ब नौं करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४५ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था रहेको छ । आज यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज ग्लोबल आर्ईएमई समुन्नत योजना–२ को शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment