सुनचाँदीको मूल्यमा निरन्तर रेकर्ड कायम, आज पनि तोलामा १७ सयले बढ्यो 

सुनचाँदीको मूल्यमा निरन्तर रेकर्ड कायम, आज पनि तोलामा १७ सयले बढ्यो 

काठमाडौं  : नेपाली बजारमा सोमबार (आज) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । भदौं १५ गते आइतबार प्रतितोला तीन हजार रुपैयाँले बढेर दुई लाख तीन हजार ६०० रुपैयाँमा पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा दुई हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।

थप समाचार