Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा दैनिक रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्यमा दैनिक रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । भदौं १६ गते सोमबार प्रतितोला एक हजार ७०० रुपैयाँले बढेर दुई लाख पाँच हजार ३०० रुपैयाँमा पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा दुई हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार