Below Menu
Below Menu

हाइड्रोपावरको ब्यालेन्ससिट : नाफा दुई अर्बमाथि, एक वर्षमा बेचे सवा ३९ अर्बको बिजुली ! 

हाइड्रोपावरको ब्यालेन्ससिट : नाफा दुई अर्बमाथि, एक वर्षमा बेचे सवा ३९ अर्बको बिजुली ! 

काठमाडौं : पछिल्लो समय जलविद्युत कम्पनीहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।

उक्त विवरण अनुसार यस अवधिमा कम्पनीहरुले दुई अर्ब २३ करोड ८५ लाख ७९ हजार रुपैयाँ नाफा कमाएका छन् । अघिलो आवको सोही अवधिमा कम्पनीहरुको नाफा एक अर्ब ५५ करोड ७६ लाख २१ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । 

समिक्षा अवधिमा अधिकांश कम्पनीको विद्युत बिक्री आम्दानी बढेका कारण नाफामा सुधार देखिएको हो । यसका साथै कम्पनीहरुको वित्तीय खर्च घटेका कारण पनि कतिपय कम्पनीहरुको नाफामा सुधार आएको हो ।गत वर्ष नोक्सानीमा रहेका अधिकांश कम्पनीहरुको वित्तीय विवरण सुधारिएको छ । कम्पनीहरुले विद्युत बिक्री आम्दानी बढाएर नोक्सानी घटाएका हुन् ।

प्रकाशित विवरण अनुसार यस अवधिमा ३२ कम्पनीको नाफा बढेको छ । अन्य ३० कम्पनीहरु नोक्सानीमा छन् भने बाँकी १२ कम्पनीहरुको नाफा पनि गत वर्षको तुलनामा घटेको छ ।

समग्रमा हेर्दा कम्पनीहरुको नोक्सानी घट्दै गएको देखिएको छ । गत वर्षको घाटामा रहेका १२ कम्पनी यस वर्ष नाफामा गएका छन् भने गत वर्षमा नाफामा रहेका चार कम्पनी घाटामा गएका छन् । 

पछिल्लो समय बैंकरुहरुको ब्याजदर घट्दा पनि कम्पनीहरुको अवस्थामा सुधार आएको हो । विगतका दिनहरुमा ८ प्रतिशतमा लिएको ऋणको ब्याज १२ प्रतिशतसम्म तिर्नु पर्ने अवस्था थियो भने अहिले ब्याजदर घटेका कारण बैंकहरुको ऋण पनि घटेको छ । लगानी उठाएर आयोजनाहरु बनाउने क्रम पनि बढ्दो छ ।

अरुण भ्यालीको नाफामा ९० हजार प्रतिशतको ग्रोथ

असार मसान्तसम्म आइपुग्दा सर्वाधिक नाफा बढाउनेमा अरुण भ्याली हाइड्रोपावर कम्पनी रहेको छ । गत वर्ष चार लाख ९२ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष ४४ करोड ८१ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ९० हजार ९८४ दशलमव ७६ प्रतिशतले बढी हो ।

त्यस्तै यस अवधिमा आइपुग्दा सानिमा मिडल तमोर कम्पनीको नाफा १९४४५.४५ प्रतिशतले बढेको छ । बरुण हाइड्रोपावरको नाफा १७४१.८४ प्रतिशत र हिमालयन हाइड्रोपावरको नाफा ३८६४.२६ प्रतिशतले बढेको छ ।

यस अवधिमा आइपुग्दा अप्पर हेवा खोला हाइड्रोपावरको नाफा १८१८.२४ प्रतिशतले बढेको छ भने मिड सोलु हाइड्रोपावरको नाफा ४८९.९६ प्रतिशत, सयपत्री हाइड्रोपावरको नाफा २९५.९६ प्रतिशत र शुभम पावरको नाफा ३७७.१६ प्रतिशतले बढेको छ ।

त्यस्तै यस अवधिमा राधी विद्युत कम्पनीको नाफा ३०९.४८ प्रतिशतले बढेको छ भने मैलुङ खोला जलविद्युत कम्पनीको नाफा पनि २८१.५० प्रतिशतले बढेको छ । यस अवधिमा आइपुग्दा सिनर्जी पावरको नाफा १८८.२० प्रतिशत र अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको नाफा ८३०.६९ प्रतिशतले बढेको छ । 

सवा ३९ अर्बको विद्युत बिक्री

यस अवधिमा कम्पनीहरुले सवा ३९ अर्ब रुपैयाँ बराबरको विद्युत बिक्री गरेर उक्त रकम बराबरको नाफा कमाएका हुन् । असार मसान्तसम्म ८९ हाइड्रोपावरहरुले ३९ अर्ब २९ करोड ६७ लाख रुपैयाँ बराबरको बिजुली बिक्री गरेका छन् । उक्त रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.१४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा जलविद्युत कम्पनीहरुले ३४ अर्ब ३४ करोड ९८ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेका थिए ।

प्रकाशित वित्तीय विवरण अनुसार असार मसान्तसम्म आइपुग्दा ५६ हाइड्रोपावर कम्पनीहरुको विद्युत बिक्री आम्दानी बढेको छ भने २५ कम्पनीहरुको विद्युत बिक्री आम्दानी घटेको छ ।

त्यस्तै अन्य छ कम्पनीहरुले यस वर्षदेखि विद्युत उत्पादन थालनी गरेका छन् भने हालसम्म सूचीकृतमध्ये तीन वटा कम्पनीले भने विद्युत उत्पादन गरी बिक्री गर्न सकेका छैनन् ।

असार मसान्तसम्मको विवरण अनुसार युनियन हाइड्रोपावरको विद्युत बिक्री आम्दानी सबैभन्दा बढी एक हजार १७ दशलमव २ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ६७ लाख २३ हजार रुपैयाँ बराबरको बिजुलदी बेचेको कम्पनीले यस वर्ष सात करोड ५० लाख ९७ हजार रुपैयाँ बराबरको विद्युत बिक्री आम्दानी गर्न सफल भएको छ ।

त्यस्तै यस अवधिमा साञ्जेन जलविद्युत कम्पनीको विद्युत बिक्री आम्दानी ३२६.९७ प्रतिशतले बढेको छ । त्यस्तै रावा इनर्जी डेभलपमेन्टको ४६३.२४ प्रतिशत, बरुण हाइड्रोपावर कम्पनीको २ हजार ६७८.३८ प्रतिशत इङ्वा हाइड्रोपावरको ३३७.८६ प्रतिशत, शुभम पावरको ८२९.५४ प्रतिशत,अरुण काबेलीको २२१.४३ प्रतिशत, सानिमा मिडल तमोर विद्युत बिक्री आम्दानी ४८९.८० प्रतिशते बढेको छ । 

आठ कम्पनीले बेचे अर्बौको बिजुली

असार मसान्तसम्म अपर तामाकोशी हाइड्रोपावरले छ अर्ब ९२ करोड ३८ लाख रुपैयाँ बराबरको विद्यूत बिक्री गरेको छ । यद्यपि, उक्त रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने २०.२२ प्रतिशत कमी हो । अघिल्लो वर्र्ष कम्पनीले आठ अर्ब ६७ करोड ८५ लाख रुपैयाँ बराबरको बिजुली बेचेको थियो ।

गत असोजमा आएको बाढीले धेरै आयोजनाहरु क्षतिग्रस्त भएका थिए । अप्पर तामाकोशीको आयोजनामा पनि ठुलो क्षति पुर्याएको थियो । लामो समय विद्युत उत्पादन नै बन्द अवस्थामा रहँदा कम्पनीको विद्युत बिक्री आम्दानी घटेको हो ।

त्यस्तै यस अवधिमा चिलिमे जलविद्युत कम्पनीले एक अर्ब २२ करोड ४९ लाख रुपैयाँ बराबरको बिजुली बेचेको छ । अघिल्लो वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी एक अर्ब ११ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्म ग्रीन भेन्चर्सको विद्युत बिक्री आम्दानी १२.६० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष एक अर्ब ४३ करोड ३० लाखको बिजुली बेचेको कम्पनीले यस अवधिमा एक अर्ब ६१ करोड ३६ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । 

त्यस्तै अघिल्लो वर्ष एक अर्ब २६ करोड ५८ लाख रुपैयाँ बराबरको बिजुली बेचेको सुपर मादी हाइड्रोपावरले यस वर्ष एक अर्ब १२ करोड ६५ लाख रुपैयाँ बराबरको बिजुली बेचेको छ । 

त्यस्तै अपि पावरले यस अवधिमा एक अर्ब ६५ करोड १२ लाख रुपैयाँको विद्युत बिक्री आम्दानी गरेको छ भने साहस उर्जा २ अर्ब ६४ करोड ८१ लाख, माउन्टेन इनर्जीले एक अर्ब ३० करोड ७२ लाख र सानिमा मिडल तमोरले एक अर्ब ९७ करोड ३१ लाख बढीको विद्युत बिक्री आम्दानी गरेको छ ।

३१ कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक 

यस अवधिमा आइपुग्दा कम्पनीहरुको नोक्सानी बढेसँगै प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ । असार मसान्तसम्म आइपुग्दा ३१ कम्पनीहरुको प्रतिशेयर आम्दानी ऋणात्मक रहेको छ ।

Advertisment