सुनको मूल्य हालसम्मकै उच्च, आज पनि तोलामा दुई हजार रुपैयाँले बढ्यो 

सुनको मूल्य हालसम्मकै उच्च, आज पनि तोलामा दुई हजार रुपैयाँले बढ्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार (आज) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । भदौं १७ गते मंगलबार प्रतितोला छ रुपैयाँले बढेर दुई लाख पाँच हजार ९०० रुपैयाँमा पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा दुई हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।

थप समाचार