काठमाडौं : नेपाली बजारमा बिहिबार (आज) सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला दुई हजार रुपैयाँले बढेर ऐतिहासिक बिन्दुमा पुगेको सुनको मूल्य आज स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा दुई हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment