काठमाडौं : नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त भएका छन् । यसअघि बैंकका स्वतन्त्र सञ्चालक रहेका थानेश्वर गौतमले राजीनामा दिएपछि बैंकको उक्त पद रिक्त रहेको थियो ।
गौतमको राजिनामा स्वीकृत गरी शर्मालाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार शर्माले बैंकका सञ्चालक समितिका अध्यक्षबाट बुधबार पद तथा गोपनियताको शपथ लिएका छन् ।
Advertisment