काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गतको ‘एचएलआई लार्ज क्याप फण्ड’को इकाई खरिद आज अन्तिम दिन रहेको छ।
हिमालयन लाइफ कोष प्रर्वद्धक र हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेको यो योजनाको ४० करोड इकाइको बिक्री आवेदन गत भदौ १५ गतेदेखि खुला भएकोमा आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ ।
यो योजनाका इकाई खरिदका लागि भदौ १८ गतेसम्मको म्याद दिइएको थियो । तर मागबमोजिम आवेदन नपरेकाले भदौ २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर यसबीचमा मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएकाले भदौ २९ गते अगावै उक्त योजनाको निष्कासन तथा बिक्री बन्द गरिन लागेको योजना व्यवस्थापक हिमालयन इन्भेष्टमेन्ट बैंकरले जनाएको छ ।
यो योजनाको कुल निष्कासनमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २० करोड इकाई कोष प्रर्वघक हिमालयन लाइफ इन्स्योरेन्सलाई सुरक्षित राखि बाँकी रहने २० करोड इकाई सर्वसाधारणहरुमा निष्कासन गरिएको छ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ४ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य)का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
Advertisment