Below Menu
Below Menu

एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट

एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं : एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुलेबुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गर्नेछ्न । एनएमबि बैंक र बुटवल स्थित बुटवल हस्पिटल प्रा.लि. बीच सम्पन्न भएको सम्झौता बमोजिम सो छुट प्रदान गर्न लागीएको हो ।

सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी÷परिवार एवं ग्राहकहरुले हस्पिटललेप्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउनेछ्न । हस्पिटलले प्रदान गर्ने सेवाहरु बेड चार्ज, ल्याव टेस्ट, अप्रेसन चार्ज, युएसजि÷इसिजि÷इको÷एक्सरे, फजियोथ्रापी र मेडिसीनमा एनएमबि बैंकका कर्मचारी÷परिवारर ग्राहकले ५ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौताले बैंक कर्मचारी÷परिवार तथा ग्राहकहरुलाई उपचारकोक्रममा राहत हुनेबैंकले विश्वास लिएकोछ । सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नुप्रसाद पौडेललेसंयुक्त रूपमा हस्ताक्षर गरको छन् । छुट पाउनकोलागि एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ । 

भुक्तानीकोलागि एनएमबि बैंकको एटिएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, कर्पोरेट पे, आइपिस, क्युआर कोड प्रयोग गर्नुपर्नेछ ।

Advertisment

थप समाचार