काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब १४ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा चार अर्ब ७२ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा हिम स्टार उर्जा कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको हो । आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य ३.८३ प्रतिशतले घटेको छ ।
Advertisment