काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । भदौं १८ गते बुधबार प्रतितोला दुई हजार रुपैयाँले बढेर दुई लाख सात हजार ९०० रुपैयाँमा पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बिहिबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा दुई हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment