Below Menu
Below Menu

बीमा कम्पनीहरूलाई समान व्यवहार गर्न कर्मचारीहरूलाई प्राधिकरण अध्यक्षको निर्देशन

बीमा कम्पनीहरूलाई समान व्यवहार गर्न कर्मचारीहरूलाई प्राधिकरण अध्यक्षको निर्देशन

काठमाडौं : नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन आज ललितपुरमा सम्पन्न भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै  नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले प्राधिकरण नियामक निकाय भएकाले सोही अनुसार जिम्मेवारीपूर्वक काम गर्न र सबै बीमा कम्पनीहरूलाई समान व्यवहार गर्न कर्मचारीहरूलाई निर्देशन दिए । 

अध्यक्ष पोखरेलले प्राधिकरणका कामकारवाहीमा ढिलासुस्ती नगर्न तथा हुने कामलाई हुन्छ भन्न र नहुने काम यो कारणले हुँदैन भनेर कारण सहित जानकारी दिन पनि निर्देशन दिए । 

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कर्मचारी संगठनहरूले प्रोफेशनल भएर काम गर्नुपर्ने बताए । 

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुङ्गेल (अधिकारी) र निर्देशक कुन्दन सापकोटाले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।

नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष दिपक ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका पूर्वअध्यक्ष पूर्णबहादुर थापा र नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका संस्थापक अध्यक्ष  पदम प्रसाद सोडारीले कर्मचारीहरूको हक हितका बारेमा चर्चा गरेका थिए । 
 

Advertisment

थप समाचार