Below Menu
Below Menu

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन : सुदेश खालिङ नियुक्त 

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन : सुदेश खालिङ नियुक्त 

काठमाडौं : एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुदेश खालिङ राई नियुक्त भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल बैंकको सीईओमा कार्यरत खालिङ राईलाई असोज ८ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो । 

सीईओ खालिङलाई चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरिएको हो । उनले असोज ८ गतेदेखि कार्यभार सम्हाल्नेछन् । बैंकिङ क्षेत्रमा साढे तीन दशकको अनुभव बटुलेका उनी एभरेष्ट बैंकमा पहिलो नेपाली सीईओ हुन् । उनलाई बैंकले २०७८ असोजमा सीईओमा नियुक्त गरेको थियो।
 

Advertisment

थप समाचार