काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत साढे आठ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार आठ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।
कार्यालयले आठ अर्ब ५० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो छ । उक्त ट्रेजरी बिल मंसिर २३ गते परिपक्क हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले भदौं २३ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि भदौं १५ गते आठ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment