काठमाडौं : सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री स्थगित गरिएको छ ।
कम्पनीले भदौ २५ गतेदेखि आईपीओ खुला गर्ने गरी गत भदौ १७ गते आह्वानपत्र प्रकाशित गरेको थियो ।
तर, मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनिक निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।
Sponsored Advertisment