सुनको मूल्य घट्यो, चाँदीको भाउ स्थिर

सुनको मूल्य घट्यो, चाँदीको भाउ स्थिर

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ५०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला दुई हजार ५०५ रूपैयाँमा कारोबार भएको थियो। 

थप समाचार