काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। भदौ २४ गते मंगलबार प्रतितोला तीन हजार १०० रूपैयाँले बढेर तोलामा एक लाख १४ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६० रूपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ५६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला दुई हजार ५०५ रूपैयाँमा कारोबार भएको थियो।
Advertisment