Below Menu
Below Menu

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण, जेनजी आन्दोलनमा मारिएकालाई शहीद घोषणा गर्ने निर्णय 

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण, जेनजी आन्दोलनमा मारिएकालाई शहीद घोषणा गर्ने निर्णय 

काठमाडौं : अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन् । आइतबार सिंहदरबार स्थित गृहमन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन् । पदभार अघि उनले शहीदप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन् ।

जेनजीहरुको भोटिङमार्फत उनी शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आन्दोलनको क्रममा क्षति पुगेपछि प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा बसिरहेकी थिइन् । 

सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरेर १०/१० लाख रूपैयाँ क्षतिपूर्ति दिइने भएको छ । यसका साथै घाइतेहरुको निशुल्क उपचार व्यवस्था गर्न प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् ।

Advertisment

थप समाचार