काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार भदौं महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ ।
बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार नौं बैंकले ब्याजदर घटाएका छन् । त्यस्तै नौं बैंकहरुले ब्याजदर यथावत राखेका छन् भने भदौंको तुलनामा असोजका लागि दुई बैंकको ब्याजदर बढेको छ ।
असोजका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ५.४६ प्रतिशत रहेको छ । भदौंमा यस्तो ब्याजदर औषत ५.५७ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.११ बिन्दुले घटेको छ ।
त्यस्तै संस्थागतर्फ असोजका ३.८७ लागि बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ३.९६ प्रतिशत विन्दुमा झरेको छ । भदौंमा यस्तो ब्याजदर ३.९६ प्रतिशत रहेको थियो । संस्थागत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.०८ प्रतिशत बिन्दुले घटेको हो ।
ब्याजदर बढाएको लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.१८ प्रतिशत र संस्थागत तर्फ २.७५ प्रतिशत ब्याज दिने भएको छ ।
ब्याजदर घटाउने बैंकहरु
असोजका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरुमा प्राइम कमर्सियल, एभरेष्ट, सानिमा बैंक, कुमारी बैंक, सिटिजन इन्टरनेशनल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, नेपाल एसबीआई र एनआईसी एशिया बैंक रहेका छन् ।
कृषि विकास बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर अधिकतम ०.१५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती तर्फ ५.०५ प्रतिशत र संस्थागत तर्फ ३ प्रतिशत ब्याज दिने भएको छ ।
त्यस्तै कुमारीले बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.०१ प्रतिशत र संस्थागत तर्फ ४.०१ प्रतिशत ब्याज दिने भएको छ भने एनआईसी एशिया बैंकले व्यक्तिगत तर्फ ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याज दिने भएको छ ।
एभरेष्ट बैंक व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ । सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र संस्थागत तर्फ ३.५ प्रतिशत ब्याज दिने भएको छ ।
प्रकाशित नयाँ ब्याजदर अनुसार लागि प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ । नेपाल बैंकले व्यक्तिगत तर्फ ५.२५ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको छ ।
त्यसैगरी नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ २.७५ प्रतिशत ब्याज दिने भएको छ । सिटिजन इन्टरनेशनल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र संस्थागत तर्फ ३ प्रतिशत ब्याज दिने भएको छ ।
ब्याजदर यथावत राखेका बैंकहरु
असोजका लागि एनएमबी बैंक र हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याज दिने भएका छन् ।
प्रभु बैंकले व्यक्तिगत मुद्दती तर्फ ५.३५ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ ।
नयाँ ब्याजदर अनुसार सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएका छन् भने ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ ।
माछापुच्छ्रे व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ । नबिल बैंकले साउनका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४.०५ प्रतिशत ब्याज दिने भएको छ ।
Advertisment