Below Menu
Below Menu

मुस्ताङ नाकाबाट पनि सामान आयातका लागि एलसी खोलिदिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

मुस्ताङ नाकाबाट पनि सामान आयातका लागि एलसी खोलिदिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं : नेपाल राष्ट्र बैंकले मुस्ताङ नाकाबाट आयात गरिने वस्तुमा पनि प्रतितपत्र (एलसी) को सुविधा दिन बैंकहरुलाई निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०८१ संसोधन गर्दै चिनियाँ भूभागबाट आएर मुस्ताङको भन्सार कार्यालयबाट जाँचपास तथा आयात हुने वस्तुका लागि पनि एलसी खोलिदिन भनेको हो । 

यसअघि चिनियाँ भूभागबाट आउने बस्तु तातोपानी भन्सार, सिन्धुपाल्चोक र रसुवा भन्सार, रसुवाबाट जाँचपास हुने भएमा मात्रै एलसीको सुविधा दिने व्यवस्था थियो । अहिले राष्ट्र बैंकले मुस्ताङ भन्सारका लागि पनि यो सुविधा दिने व्यवस्था गरेको हो । 

चिनियाँ भूभाग भई ट्रक वा रेलमार्गबाट प्रतीतपत्रमार्फत आयात गर्दा तातोपानी भन्सार (सिन्धुपाल्चोक), रसुवा भन्सार, (रसुवा) र मुस्ताङ्ग भन्सार (मुस्ताङ्ग) नाकाहरूबाट सामान आयात गर्नुपर्नेछ । 

गत असार २३ गते रसुवामा आएको बाढीले रसुवा भन्सार नाका क्षतिग्रस्त भएपछि चीनतर्फको व्यापार प्रभावित भइरहेको छ । त्यससँग जोडिएका सडक पनि प्रभावित भएका छन् ।

राष्ट्र बैंकले चीनतर्फको वैदेशिक व्यापारलाई सहजीकरण गर्न मुस्ताङ भन्सारबाट जाँचपास गरी आयात गरिने बस्तुमा एलसीको सुविधा दिने व्यवस्था गरेको हो ।

Advertisment

थप समाचार