Below Menu
Below Menu

बैंक तथा वित्तीय संस्थाको नाफा ७९ करोडले घट्यो ! 

बैंक तथा वित्तीय संस्थाको नाफा ७९ करोडले घट्यो ! 

काठमाडौं : चालु आर्थिक वर्षको एक महिनामा बैंक तथा वित्तीय संस्थाले झण्डै साढे नौं अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले नौं अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएका हुन् ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ७९ करोड रुपैयाँले कम हो । गत वर्षको साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको नाफा १० अर्ब १६ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा वाणिज्य बैंकहरुको नाफा आठ अर्ब ३८ करोड, विकास बैंकहरुको नाफा ८१ करोड र फाइनान्सहरुको नाफा १७ करोड रुपैयाँ रहेको छ ।

आठ प्रतिशतले घट्यो वाणिज्य बैंकको नाफा

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले साउन मसान्तसम्म आठ अर्ब ३८ करोड २९ लाख रुपैयाँ नाफा कमाएका छन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ७९ करोड ३२ लाख रुपैयाँले कम हो । गत वर्षको सोही अवधिमा बैंकहरुले ९ अर्ब १७ करोड ६१ रुपैयाँ नाफा कमाएका थिए । 

यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक रहेको छ । चालु आवको साउन मसान्तसम्म बैंकले ७८ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको हो ।

त्यस्तै सर्वाधिक नाफा कमाउने दोस्रोमा नबिल बैंक रहेको छ । बैंकले यस अवधिमा ७१ करोड ६४ लाख नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ ।

साउन मसान्तसम्म प्राइम कमर्सियलले ५० करोड ४९ लाख, एनएमबि बैंकले ४६ करोड ६७ लाख, प्रभु बैंकले ३० करोड २३ लाख, र स्ट्याण्डर्ड चार्टडर्डले २७ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । 

चालु आवको एक महिनामा नेपाल एसबिआईले १५ करोड ८९ लाख, एभरेष्ट बैंकले यस अवधिमा ४८ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ भने लक्ष्मी सनराइजले ३९ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ ।

राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म नेपाल बैंकले ५५ करोड २७ लाख, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड ८३ लाख रुपैयाँ र सानिमा बैंकले ३९ करोड दुई लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै माछापुच्छ्रे बैंकले २६ करोड ५२ लाख, सिद्धार्थ बैंकले ४० एक करोड १३ लाख, सिटिजन इन्टरनेशनल बैंकले २७ करोड २४ लाख र कुमारीले ३९ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

त्यस्तै चालु आवको एक महिनामा हिमालयन बैंकले ४० करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ भने एनआईसी एशियाले ३१ करोड ९३ लाख रुपैयाँ र कृषि विकास बैंकले ३७ लाख ५० हजार रुपैयाँ नाफा कमाएका छन् ।

Advertisment

थप समाचार