Below Menu

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? 

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

Sponsored Advertisement

बैंकले हाल कायम चुक्ता पूँजीको १३.५३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद गरी कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।