Below Menu
Below Menu

नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने 

नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने 

काठमाडौं : नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हाल कायम २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ चुक्ता पूँजीको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।

यसका लागि बैंकले भदौ ९ गते एक दिन बुकक्लोज गरेको थियो । बुकक्लोज मितिअनुसार भदौ ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयर खरीद गर्न सक्नेछन् । हकप्रद शेयर असोज २२ गतेसम्म निष्कासनमा रहनेछ ।

बैंकले निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर सी प्लस’ प्रदान गर्दै समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गरेको छ ।

हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै, ग्लोबल आइएमई बैंकको भुमही शाखा, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयसहित यज्ञपुरी, टाँडी, पर्सा र नारायणगढ शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

यसका अतिरिक्त, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत साथै ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ । 

शतप्रतिशत हकप्रद निष्कासन र बाँडफाँटपछि बैंकको चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ । संकलित रकम भौतिक पूर्वाधार विस्तार, दुई नयाँ शाखा विस्तार, साथै धितोपत्र, सरकारी ऋणपत्र तथा म्युचुअल फण्डमा लगानी गरिने बैंकले जानकारी दिएको छ ।

Advertisment

थप समाचार