काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहिबार (आज) बजारबाट थप ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै १० दिनका लागि ९० अर्ब रुपैयाँ प्रशोचन गर्ने जनाएको हो । जसमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले दिउँसो तीन बजेसम्म अनलाइनमार्फत आवेदन दिनुपर्ने छ ।
राष्ट्र बैंकले यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने र साँवा तथा ब्याज भुक्तानी असोज १२ गते हुने उल्लेख गरेको छ ।
यसका लागि बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रूपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन् ।
Advertisment