काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहिबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।
Advertisment