सुर्खेत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंक बहादुर कार्कीलाई एक लाख घुस रकमसहित पक्राउ गरेको छ।
गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपछि अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले लेखा अधिकृत कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगढी चोकबाट रंगेहात पक्राउ गरेको हो। उनले सेवाग्राहीबाट एक लाख घुस रकम लिइसकेको अवस्थामा २०८२ साल असोज २ गते नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
हाल उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
Advertisment