Below Menu
Below Menu

झण्डै २ वर्षदेखिको ब्याज अनुदानको समस्या समाधान, अनुदान बापतको नौ अर्ब ८० करोड निकासा

झण्डै २ वर्षदेखिको ब्याज अनुदानको समस्या समाधान,  अनुदान बापतको नौ अर्ब ८० करोड निकासा

काठमाडौं : सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान बापतको ९ अर्ब ८० करोड निकासा गरेको छ ।

अर्थ मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट यो रकम निकासा गरेको हो । यो निर्णयसँगै बैंक तथा वित्तीय संस्थाहरूको झन्डै दुई वर्षदेखिको दायित्व फछ्र्यौट हुने भएको । साथै अब सहुलियतपूर्ण कर्जा प्रवाहले गति लिने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री रामेश्वर खनालले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम चालु आर्थिक वर्षका लागि ९ अर्ब ८० करोड निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रममा दोस्रो त्रैमासिकका लागि छुट्याइएको रकमलाई कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरिएको हो ।

यसैअनुसार, विगत सात वटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदानबापतको ९ अर्ब ८० करोड नेपाल राष्ट्र बैंकलाई सोधभर्ना उपलब्ध गराइएको छ।

यसअघि, सरकारले ब्याज अनुदानबापतको रकम समयमा उपलब्ध नगराउँदा बैंकहरूले दुई वर्षदेखि अघोषित रूपमा सहुलियतपूर्ण कर्जा प्रवाह रोकेका थिए ।

Advertisment

थप समाचार