Below Menu
Below Menu

सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढ्यो, चाँदीको भाउ कति ? 

सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढ्यो, चाँदीको भाउ कति ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा दुई हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisment

थप समाचार