सुनचाँदीको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा साेमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज ५ गते आइतबार प्रतितोला एक हजार १०० रूपैयाँले बढेर तोलामा दुई लाख १७ हजार १०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रूपैयाँले बढेको छ। 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ६५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला दुई हजार ६२० रूपैयाँमा कारोबार भएको थियो। 

थप समाचार