काठमाडौं : सेयर लगानीकर्ताहरुले अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर बजार सुधार्न आवश्यक सात बुँदे सुझाव दिएका छन् ।
लगानीकर्ताहरूले पुँजीगत लाभकर घटाउन र यो करलाई नै अन्तिम कर मानेर स्पष्ट व्यवस्था गर्न सुझाव दिएका हुन्। लगानीकर्ता छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका काबा अध्यक्ष ताराप्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगानीकर्तासंघका महासिचव एस.पी. चौलागाई र स्वतन्त्र पुँजीबजार लगानीकर्तासंघका अध्यक्ष डिल्लिश्वर कार्की (रोहन )ले संयुत रुपमा सुझाव दिएका हुन् ।
छोटो अवधिको लाभका ५ प्रतिशत र लामो अवधिसम्म राखिएको सेयरमा तीन प्रतिशत करको व्यवस्था गर्न उनीहरूले सुझाएका हुन्। हाल एक वर्षभन्दा कम अवधिमा गरिएको सेयर बिक्रीमा हुने लाभमा ७.५ प्रतिशत र सो समयभन्दापछि सेयर बिक्री गर्दा हुने लाभमा ५ प्रतिशत लाभकर लाग्दै आएको छ।
त्यस्तै व्यक्तिगत सेयर धितो कर्जामा राखिएको २५ करोडको सीमा हटाउनुपर्ने सुझाव दिएका छन्। त्यस्तैगरी लघुवित्तहरूमा रहेको २५ प्रतिशतसम्मको लाभांश सीमा हटाउनुपर्ने र यस्ता संस्थालाई कार्यसञ्चालनमा पूर्ण स्वतन्त्रता दिँदै प्रतिस्पर्धात्मक बनाउनुपर्ने सुझाव पनि दिएका छन्। गैर आवासीय नेपालीलाई बजारमा प्रवेश गराउने वातावरण बनाउनुपर्ने र धितोपत्र बोर्डलाई स्वायत्त नियामकको रूपमा विकास गराउनुपर्ने सुझावमा उल्लेख छ।
Sponsored Advertisment