काठमाडौं : नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले नेपालमा १२० शाखा रहेको चेन स्टोर बिगमार्टमा यहि घटस्थापनादेखि छठसम्म स्माट सेलिबे्रसन वाई एससिटी अफर सुरु गरेको छ ।
यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा आजदेखि कार्तिक १० गते सम्म एससिटी युनियन पे कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत (अधिकतम रु १०० हुने गरीे) छुट प्राप्त गर्नेछन् । यसको लागि भुक्तानी गर्न एससिटी युनियन पे कार्ड प्रयोग गरी पिओएस मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ । यो अफर घटस्थापनादेखि छठसम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससिटी युनियन पे कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।
एससिटी युनियन पे कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गए एससिटी युनियन पे कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन् ।
Advertisment