काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज ६ गते सोमबार प्रतितोला सात सय रूपैयाँले बढेर तोलामा दुई लाख १७ हजार ८०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन हजार नौ सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रूपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ६८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला दुई हजार ६५० रूपैयाँमा कारोबार भएको थियो।
Advertisment