Below Menu
Below Menu

अर्थमन्त्री खनालले सम्हाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

अर्थमन्त्री खनालले सम्हाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

काठमाडौं : अर्थमन्त्री समेत रहेका रामेश्वर खनालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि समालेका छन् । मंगलबार सिंहदरबारस्थित सङ्घीय मामिला मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहरणपछि उनले कर्मचारीतन्त्रको आत्मसम्मान भनेको नेपाल सरकारको संयन्त्रले साच्चिकै डेलिभरी दिनसक्छ भन्ने विश्वास दिलाउन सक्नु रहेको बताए । ‘कर्मचारीतन्त्रको आत्मासम्मान भनेको नेपाल सरकारको संयन्त्रले साँच्चिकै डेलिभरी दिनसक्छ भन्ने विश्वास दिलाउने नै हो ।’

त्यस्तै उनले आफूहरुको उद्देश्य भनेको देशमा भ्रष्टाचार उन्मुलन गर्ने रहेको बताउँदै सोही अनुरुप काम गर्ने प्रतिबद्धता जनाए । 
 

Advertisment

थप समाचार