Below Menu
Below Menu

काँकरभिट्टा नाकाबाट करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात, एक अर्ब ३९ करोड उठ्यो राजस्व 

काँकरभिट्टा नाकाबाट करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात, एक अर्ब ३९ करोड उठ्यो राजस्व 

झापा : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन–भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट मात्रै एक अर्ब ३९ करोड ८६ लाख ३० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

यस अवधिमा काँकरभिट्टा नाकाबाट १६ हजार ३५२ किलोलिटर पेट्रोल (मूल्य एक अर्ब ४२ करोड ७२ लाख रुपैयाँ), नौ हजार ४ किलोलिटर डिजेल (८४ करोड ४२ लाख रुपैयाँ), चार हजार २३३ मेट्रिक टन एलपी ग्यास (४० करोड ४९ लाख रुपैयाँ), एक हजार ४८८ किलोलिटर एटिएफ (१३ करोड २८ लाख रुपैयाँ) र २४८ किलोलिटर मट्टितेल (दुई करोड २२ लाख रुपैयाँ) आयात भएको कार्यालयले जनाएको छ ।
 

Advertisment

थप समाचार