काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज ७ गते मंगलबार प्रतितोला तीन हजार नौं सय रूपैयाँले बढेर तोलामा दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रूपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ७०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला दुई हजार ६८० रूपैयाँमा कारोबार भएको थियो।
Advertisment