काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुले मसान्तसम्म कम्पनीहरुले आठ अर्ब भन्दामाथिको बीमा व्यवसाय गरेका छन् ।
नेपाल प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीहरुले चार लाख ३२ हजार ६० बीमालेख बिक्री गरी आठ अर्ब १२ करोड ८१ लाख ८६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सर्वाधिक बीमाशुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले ४१ हजार २७१ बीमालेख जारी गरी ८९ करोड ४४ लाख ५५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
भदौं मसान्तसम्म नेपाल इन्स्योरेन्स कम्पनीले २६ हजार ३२५ बीमालेख बिक्री गरी ३६ करोड ८२ लाख ८२ हजार रुपैयाँ बीमाुशल्क आर्जन गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले ५९ करोड ५० लाख ८६ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, नेशनल इन्स्योरेन्स कम्पनीले ३५ करोड दुई लाख ५६ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने नेको इन्स्योरेन्सले ५८ करोड एक लाख २४ हजार रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा प्रभु इन्स्योरेन्सले ३२ करोड ३२ लाख, एनएलजी इन्स्योरेन्सले ६८ करोड ७५ लाख, हिमालयन एभरेष्टले ७१ करोड १७ लाख र सानिमा जिआइसीले ४९ करोड ३७ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।
प्राधिकरणका अनुसार भदौं मसान्तसम्ममा शिखर इन्स्योरेन्सले ८४ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने आईजीआई प्रुडेन्सियलले ६२ करोड ९१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
भदौं मसान्तसम्म राष्ट्रिय बीमा कम्पनीले २९ करोड ८१ लाख सात हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७७ करोड ३३ लाख र युनाइटेड अजोडले ५७ करोड ४८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
लघुबीमाको व्यापार साढे १६ करोड
चालु आवको यस अवधिमा निर्जीवन बीमा अन्तर्गतका चार लघुबीमा कम्पनीहरुले साढे १६ करोडको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले ५८ हजार २३८ बीमालेख जारी गरी १६ करोड ५० लाख २७ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।
यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले चार करोड २४ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले चार करोड ३५ लाख, स्टार माइक्रो इन्स्योरेन्सले तीन करोड ७० लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले चार करोड २० लाख रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो ।
Advertisment