काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार दुई रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५५ रूपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ७४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बिहिबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २१ हजार तीन रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला दुई हजार ६८५ रूपैयाँमा कारोबार भएको थियो।
Advertisment