Below Menu
Below Menu

सिटिजन्स बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? 

सिटिजन्स बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलले लाभांश घोषणा गरेको छ । असोज १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

Advertisment

थप समाचार